कांग्रेसकालागी यो निर्वाचन अन्तीम अवसर हो: बलायर

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापती विर बहादुर बलायरले नेपाली कांग्रेसकालागी यो निर्वाचन अन्तीम अवसर भएको बताएका छन् । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले अत्तरियामा आयोजना गरेको घर घर जाँऔ कांग्रेस जिताऔँ अभियान लाई सम्बोधन गर्दै सभापती बलायरले गत चुनावमा हार व्यहोरेको कांग्रेसकालागी आँउदो स्थानीय निर्वाचन अन्तीम अवसर भएको बताएका हुन् ।

गत चुनावमा कांग्रेसले हार व्यहोरेकै कारण अहिले देशमा चरम आर्थीक संकट उत्पन्न भएको उनको भनाइ थियो । कम्युनिष्टहरुले चार वर्षसम्म देश खोक्रो बनाएर,चलाउन नसकिने अवस्था आएछी कांग्रेसलाई सुम्पेका हुन् बलायरले भने “उनीहरुको हातमा फेरीपनी देश गयो भने जनताको आँखामा रगतका आँसु आउँछन् ।” वि पी को सिदान्त बोकिसकेपछी बाटो बिराउन नहुने उनले बताए । पछील्लो समय सर्वत्र चासोको विषय बनेको सत्तारुढ दलबिचको चुनावी गठबन्धनका विषयमा भने बलायरले कांग्रेसले एक्लै जित्ने सम्भावना भएका ठाँउहरुमा गठबन्धन नहुने बताए ।

nisarga

नेता कार्यकर्ताले कांगे्रसले जित्ने,आफुहरु जिताउनकालागी खटीने,कांग्रेस एक भएको विश्वास मलाई दिलाउनुहोस् म गठबन्धन हुन दिँदैन उनले भने । मैले टिकट पाए सहि नत्र गलत भन्ने प्रवृतीको अन्त्य गरि जस्ले जितेपनी कांग्रेसकै मान्छेले जित्ने हो भनेर लाग्न उनले नेता कार्यकर्तालाई आग्रह गरे । पार्टी भित्रका कुराहरुका बारेमा समाजिक सञ्जालमा जथाभावी नलेख्न पनी उनले आग्रह गरे । पार्टीभित्र चित्त नबुझेका कुराहरु सम्बन्धीत व्यत्तिसंगै सम्पर्क गरेर निवारण गर्नपनी उनले आग्रह गरे । “नेपाली कांग्रेसमा लागेको कुनैपनी व्यत्तिलाई अपहेलित भएर बस्ने अवस्था आउन दिईने छैन,पार्टीभित्र सबैको मुल्यांकन हुनेछ” बलायरले भने ।

सम्बन्धीत समाचार: सुदूरपश्चिममा एक दुइ दिन भित्रै कांग्रेस सहितको सरकार बन्दैछ भन्नेकुरा सुन्दैछु : प्रदेश सभापती बलायर