
अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाले आगामी पाँच वर्ष कुनैपनी पदमा आफ्नो उमेदवारी नरहने बताएका छन् । कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले अत्तरियामा आयोजना गरेको घर घर जाँऔ कांग्रेस जिताऔँ अभियान अन्र्तगतको कार्यक्रममा बोल्दै रोकायाले आफु नेपाली कांग्रेसको क्षत्रीय सभापती भइसकेकोले उमेदवारी दिन नभइ पार्टी बनाउन आएको बताए ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट जुनसुकै उमेदवार उठेपनी जिताउनकालागी आफु मरीमेट्ने बताए । उनले कांग्रेसको भित्री विवाद अन्त्यकालागी पनी आफु लागी परेको बताए । संगठनलाई एकजुट बनाइ सबै तहमा जितेर कांग्रेसको झण्डा फहराउने आफ्नो उदेश्य रहेको रोकायाले बताए । सभ्य भाषामा उमेदवारी माग्नु,टिकट माग्नु स्वभाविक भएपनी आफुखुसी नर्गन उनले आग्रह गरे । बुधबार रोकायाको सभापतित्वमा भएको घर घर जाँऔ कांग्रेस जिताऔँ अभियान अन्र्तगतको कार्यक्रममा प्रमुख अतिथी कांग्रेस सुदूरपश्चिम प्रदेश सभापती विर बहादुर बलायर रहेका थिए भने वडादेखी प्रदेश सम्मका नेता तथा कार्यकर्ताको उपस्थीती रहेको थियो ।

सम्बन्धीत समाचार : कांग्रेसकालागी यो निर्वाचन अन्तीम अवसर हो: बलायर

















