
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको नगरप्रमुखका लागी नेकपा एमालेबाट ९ जनाले दाबी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै एमालेले उम्मेदवार छनोटको कार्य अगाडि बढाएको छ ।
अत्तरिया स्थित एमालेको पार्टि कार्यालयमा बिहीबार बसेको नगरकमिटीको बिस्तारित बैठकमा नगरका ९ जनाले आफ्नो दाबी पेश गरेका हुन ।

दाबी पेश गर्नेहरुमा हालका नगरप्रमुख हरि सिँ साउद, नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट, प्रदेश कमिटी सदस्य मान बहादुर रावल, दामोदर रिजाल, जिल्ला कमिटी सदस्य गणेश जिमि साउँद, आनन्द भट्ट रहेका छन् । यस्तै तिर्थराज ओझा र नरेन्द्र शर्मा र बाजि बिक ले पनि मेयर मा दाबी पेश गरेका छ्न ।
नगर उप प्रमुखमा भने तीन जनाले दाबी पेश गरेका छन् । दाबी पेश गर्नेहरुमा शारदा रोकाया, रत्ना कुँवर (जोशी) र गंगा चौधरी रहेका छन् ।

















