जापानमा एकैदिनमा अढाई लाखभन्दा बढी संक्रमित

Image
maya metro

टोकियो : जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोरोना संक्रमण भएको छ।

यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो। यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा संक्रमण पुष्टि भएको थियो।

nisarga

कोभिडका कारण एकैदिन दुई सय ८७ जनाको मृत्यु भएको छ। टोकियो महानगरमा मात्र बिहिबार २७ हजार चार सय ५३ नयाँ संक्रमित थपिएका छन्।

जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को यो सातौं लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शय्या पाउन कठिन भएको बताएका छन्।