आलोचनापछि गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन राजिनामा

Image
maya metro

काठमाडौं – अछामको रामारोशन गाउँपालिकाकी भान्से जयसरा साउँदले उक्त पदबाट राजिनामा दिएकी छन् । गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले आफ्नै श्रीमतीलाई कार्यालय तथा आफ्नो व्यक्तिगत प्रयोजनका लागि भन्दै जेष्ठ १५ गतेदेखि लागु हुनेगरि उक्त पदमा नियुक्त गरेका थिए ।

उक्त प्रकरणलाई लिएर संचार माध्यम तथा जनस्तरबाट व्यापक आलोचना भएपछि भान्से जयसरा राजिनामा दिन बाध्य भएकी हुन् । उनले दिएको राजिनामा स्वीकृत समेत भइसकेको छ ।

nisarga

भान्सेपदमा रहि काम गरेवाफत उनको खातामा भुक्तनी दिइएको ३१ हजार ६ सय ३० रुपैया गाउँपालिकाको सन्जित कोषमा दाखिला गरिएको गाउँपालिकाले एक सुचना मार्फत जानकारी दिएको छ ।