अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु

Image
maya metro

अछाम – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचान गरिएको छ। गाउँपालिकाभित्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरेको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए।

तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पत्र दिने अध्यक्ष खड्काले बताए। लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको खड्काले बताए।

nisarga

आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको उनले बताए। पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न १८ पुसदेखि पालिकाका ६ वडामा १२ जना सहजकर्ता परिचालन छ।

रासस