दार्चुलाको लटिनाथ विद्यालय देशभरीकै उत्कृष्ठ १० मा छनौट

Image
maya metro

दार्चुला – दार्चुलाको लटिनाथ नमुना माध्यामिक विद्यालय देशभरीकै सामुदायिक विद्यालय मध्ये १० औँ नम्बरमा छनौट भएको छ ।

दार्चुला लेकम गाँउपालिका ५ चन्दनपुर चौपातामा रहेको लटिनाथ नमुना माध्यामिक विद्यालय देशभरीकै सामुदायिक विद्यालय मध्ये उत्कृष्ट १० मा छनौट भएको हो । संघीय शिक्षा तथा प्रविधि मन्त्रालय अन्तरगत गुणस्तर प्रशिक्षण केन्द्रले देशभरकीका झण्डै साढे चार हजार विद्यालयको विभिन्न शैक्षिक मापदण्डका आधारमा परीक्षण गर्दा लटिनाथ नमुना मावि उत्कृष्ठ १० औँ विद्यालयमा परेको हो ।

nisarga

लटिनाथ नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक केशव विष्टले साधारण शिक्षा तर्फ शिक्षा मन्त्रालयले देशभरीका चार हजार ८ सय ६७ विद्यालय मध्ये १० औँ स्थानमा छनौट भएको बताए ।

 विद्यालयमा प्राविधिका धारतर्फका समेत कक्षा संचालन भएका छन् । सिटिइभिटीका कार्यक्रम अन्तरगत कृषि डिप्लोमा बाली विज्ञान, कृषि डिप्लोमा पशु विज्ञान, डिप्लोमा ईन फरेष्टी, प्रि डिप्लोमा विज्ञान र पुश विज्ञानको अध्ययन भईरहेको छ ।

विद्यालयमा हाल हजार भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।