
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ शान्तिटोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
गएराती करिब २ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–१५ प १०४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका–४ का २३ वर्षीय सागर साउँदको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकल चालक सोही ठाउँका २४ वर्षीय किशोर साउँद घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि घाइते र मृतकलाई अत्तरियास्थित अस्पताल पु¥याइएको थियो। चालक सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेका छन्।
प्रहरीका अनुसार घटनास्थलको लासजाँच मुचुल्का कार्य सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















