बाजुराका ४३ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा, सुरक्षा प्रमुखको अनुगमन

Image
maya metro

बाजुरा – यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सुदूरपश्चिमका अतिसंवेदनशील जिल्लामा सुरक्षा प्रमुखले अनुगमन गरेका छन्।

नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति तथा उपरथी विजय थापा सहितको टोली बाजुरा पुगेका हो।

nisarga

अनुगमनमा सुदूरपश्चिम प्रदेश सचिव नारायण प्रसाद दुवाडी शर्मा, प्रहरी नायव महानिरीक्षक मोहन आचार्य र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराई पुगेका थिए।

गएको स्थानीय निर्वाचनमा बाजुराको बुढिगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा भएको थियो।

स्थानिय चुनावमा भएका गतिबिधि तथा बिगतका क्रियाकलापले बाजुरा अतिसंबेदनशिल जिल्लाका रुपमा रहेको छ। बाजुरामा शान्तिपुर्ण तरिकाले चुनाव सम्पन्न गर्न सुरक्षा प्रमुखले अनुगमन गरेको हो।

स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न अनुमगन तथा निरीक्षण भएको नेपाली सेना श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्का वताएका छन्।

टोलीले जिल्लाको भौगोलिक स्थिति, विद्यमान राजनीतिक तथा सुरक्षा स्थिति बारे छलफल तथा सुक्ष्म विष्लेषण गरेको थियो।

जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम छन्। बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन्।

जिल्लाका ४३ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा रहेका छन्। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टका जानकारी अनुसार ७० मध्ये ४३ अतिसंवेदनशील र २३ संवेदनशील मतदान स्थल रहेका छन्।