बाजुराका तीन पसलमा आगलागी हुँदा लाखौँको क्षति

Image
maya metro

मार्तडी – जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा सोमबार आगलागी भएको छ। माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाइ कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए। उनका अनुसार आगलागी हुँदा लाखौँको क्षति भएको छ। आगलागीबाट तीनवटै पसल पूर्णरूपमा नष्ट भएको प्रहरी निरीक्षक जोशीको भनाइ छ।

nisarga

बजारमा तीन पसलमा भएको आगलागी स्थानीय, सशस्त्र प्रहरी बल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

रासस