
अत्तरिया – अछाममा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। शनिबार जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ शोडषाका ४० वर्षीय केशर बोहराको मृत्यु भएको हो।
उनलाई आज बिहान घर नजिकै बँदेलले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृतक बोहरा मेल्लेख गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत थिए।
















