देशभर चिसो बढ्यो,सर्तकता अपनाउन मौसम विभागको सुझाव

Image
maya metro

काठमाडौं – उपत्यकासहित देशभर चिसो बढेको छ। चिसो बढेसँगै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सुझाव दिएको छ।

विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको बताएको छ। अबको केही दिन बिहानको समयमा धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने छ भने मध्याह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने छ।

nisarga

अन्य स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने छ।