
अत्तरिया – कञ्चनपुरको शुक्लाफाटा नगरपालीका वडा नम्बर ६ स्थीत स्याली नदीको बगर हराभरा बनेको छ । स्थानीयले तारबार गरेर वृक्षारोपण गरेपछी स्याली नदीको बगर अहिले हराभरा बनेको हो । शुक्लाफाटा नगरपालीका वडा नम्बर ६ मा पर्ने स्याली नदीको उत्त क्षेत्र शुक्लाफाटा राष्ट्रीय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्र्तगत पर्दछ । शुक्लाफाटा नगरपालीका वडा नम्बर ६ को सहयोगमा मेषजाली लगाईएको थियो ।
त्यस्तै तराइ भुपरिधी कार्यक्रमको सहयोगमा स्थानीयले स्याली नदीको बगरमा ४ वर्ष अघि ५०० खयर,५०० सिसम,२५० बाँस लगायतका बोटबिरुवा रोपेका थिए । मेषजाली लगाईएपछी बगर क्षेत्रको खुला चरिचरन पनी रोकियो जस्का कारण कतिपय बोटबिरुवा आफै उम्रीए । ५ हेक्टर क्षेत्रफलमा फैलीएको उत्त वन अहिले घना वन बनेको छ । शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सुनदेवी उपभोक्ता समितिका सचिव दामोदर जोशीले बगर हराभरा बनेपछी स्थानीयलाई दोहरो फाईदा भएको बताए ।

“ वन संरक्षण भएपछी एकातिर कटान रोकिएको छ भने अर्कोतिर स्थानीयलाई लाई नै घाँस दाउराकालागी सहज भएको छ सचिव जोशीले भने ।” स्थानीयले लालमणि रानाको संयोजकत्वमा संरक्षण समिति पनि बनाएका छन् । उक्त समितिले बगरको हेरचाहसँगै व्यवस्थापनको काम गरिरहेको छ । वनको संरक्षणकालागी लागी एकजना वनपालेको व्यवस्था पनी गरीएको छ ।
मेषजाली लगाएर वन घना बनेपछी बस्ती पस्ने वन्यजन्तुपनी वन क्षेत्रमै रोकिने गरेका छन् जस्का कारण मानव–वन्यजन्तु द्धन्द पनी न्युनिकरण भएको छ । सोहि वन क्षेत्रमा कृतिम पोखरी पनी निमार्ण गरीएको छ । पोखरी निमार्णपछी चितुवाको संख्या बढेको वनका सचिव जोशीले बताए ।
भमकेश्वर सामुदायिक वनमा हुर्किदै बिरुवा
कञ्चनपुरकै वेदकोट नगरपालीका वडा नम्बर ५ मा पर्ने भमकेश्वर सामुदायकि वनलाई हराभरा बनाउने प्रयासमा स्थानीय लागीपरेका छन् । ब्रह्मदेव जैवीक मार्ग अन्र्तगत पर्ने उत्त वन क्षेत्रमा स्थानीयले तराइ–भुपरिधि कार्यक्रमको सहयोगमा रोपेका खयर,सिसम,अमला,बक्राईनो लगायतका बिरुवा बिरुवा हुर्किदै गएका छन् ।

चरिचरनमा प्रयोग हुँदै आएको उत्त रातो भुभाग अहिले हरियाली बनेको छ । वृक्षारोपण गरी संरक्षण गर्ने उदेश्य सहित स्थानीय खटीएपछी सो क्षेत्रमा जंगली जनावारहरु बाघ,चित्तल लगायतको आवतजावतपनी बढेको छ । स्थानीय सिता भाटले वन संरक्षण भएपछी घाँस दाउरा लिन पनी सहज भएको बताईन् । उत्त वनबाट अहिले ३६ घरधुरी लाभान्वित भएका छन् ।














