
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले नेपालको मौसममा सामान्य प्रभाव पारेको छ । नेपालको पूर्वी भूभागमा मौसममा बदली हुने र अन्य क्षेत्रमा हुस्सुका कारण चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ।

तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















