मष्टाधामको थप डिपीआर तयार

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका ४ स्थीत बन्दगडामा निर्माणधिन धार्मीक पर्यटकीय स्थल मष्टाधामको थप विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पर्यटन विभागको आर्थिक सहयोगमा मष्टाधामको थप डिपीआर तयार पारिएको हो ।

मष्टाधाम अन्तरगत छ खण्ड मध्य ३ खण्ड सेल्फि पार्क, राजि ताल तथा पिकनिक पार्क क्षेत्रको पाँच करोड पैतिस लाख त्रिसठ्ठी हजार आठ सय तिन रूपैँया बराबरको डिपीआर तयार भएको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साँउदले जानकारी दिएका छन् ।

nisarga

६५ विधा क्षेत्रफलमा फैलीएको उत्त धाममा स्टोनपार्क,सेल्फीपार्क,तालक्षेत्र,पिकनिक स्पोर्ट,ध्यान केन्द्र बन्न बाँकी रहेका छन् । धार्मीक संरचनाको निर्माण पहिले सम्पन्न गरेर बाँकी निर्माण गर्दै जाने उनले बताएका छन् । त्यस्तै १०८ फिटको त्रिशुल राख्ने कार्य,तीन नाडको एघार सय किलोको घण्ट राख्ने कार्य पनि बाँकी रहेको साँउदले बताए ।

उत्त त्रिशुल विश्वकै ठुलो त्रिशुल हुनेछ । मष्टाधाममा वडा,नगर,प्रदेश र संघ गरी चारै तहका सरकारको लगानी रहेको छ । उत्त धामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रुपमा लिईएको छ भने मुख्य पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने योजना समितिको रहेको छ । मष्टाधाममा अचेल पनि दिनहुँजसो आन्तरिक पर्यटकहरु आउने गरेका छन् ।

निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याई दैनिक एक सयदेखी एक हजारसम्म पर्यटन मष्टाधाममा भित्र्याउने आफुहरुको लक्ष्य रहेको अध्यक्ष साउँदले बताए । मष्टाधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी होमस्टेको अवधारणा पनि अघि सारीएको उनको भनाई छ ।

धाम निर्माण सम्पन्न भएर पुर्ण रुपमा सञ्चालनमा आएमा स्थानीयलाई व्यसायीक रुपमा पनि फाइदा हुने साउँदले बताएका छन् । ११ करोडको उत्त योजनामा गत आर्थिक वषर्मा १ करोड २५ लाख रुपैयाँ बजेट रहेको थियो । २०७६ सालमा निर्माण सुरु गरिएको धामको निर्माण कार्य सुरु गरिएको थियो ।