
काठमाडौं – मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा मंगलबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।
हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ। यो वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ छ।

नेपालमा २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र संवर्धनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ।‘ मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिने गरेको हो।
यो वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्पष्ट पारेको छ ।















