सुन तोलाको २ हजारले बढ्यो

Image
maya metro

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ।

सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

nisarga

यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ। आज प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।