राजावादीहरूले प्रर्दशन गरिरहेको तीनकुनेमा एउटा घरमा आगजनी

Image
maya metro

काठमाडौं – उग्र बनेका राजावादीहरूले तीनकुनेमा एउटा घरमा आगजनी गरेका छन्।

आगजनीबाट उक्त घर जलेको छ। राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् ।

nisarga

उनीहरूले व्यक्तिका घर,पसलमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ।

झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।

राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूमाथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ।