सुदूरपश्चिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक

Image
maya metro

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाले शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशको विकासका लागि उच्च प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ। विशेषगरी रोजगार सिर्जना, गरिबी निवारण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि प्रवर्धनमा जोड दिइएको छ। सरकारले आर्थिक रूपले विपन्न वर्गलाई लक्षित गरी सहुलियत ब्याजमा ऋण सुविधा, श्रमिकहरूका लागि सामाजिक सुरक्षाको कार्यक्रम र स्वरोजगार प्रवद्र्धन गर्ने योजनाहरू अघि सारेको छ।

nisarga

त्यस्तै, गाउँ-गाउँमा आवासीय विद्यालय, खेलकुद मैदान निर्माण, स्वास्थ्य बीमा, तथा पूर्वाधारको विकासका कार्यक्रमलाई पनि अगाडि बढाउने उल्लेख छ। डोटीको जोरायल, दार्चुलाको गोठलापानी, बैतडीको खोडपे, कैलालीको टीकापुर लगायतका स्थानहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउने योजना पनि समावेश गरिएको छ।

बझाङ, बझुरा, डोटी लगायतका जिल्लामा नयाँ कलेज स्थापना, बाघकोट पर्यटन प्रवर्धन, कृषि उत्पादन केन्द्र स्थापना तथा प्रदेश राजधानीको पूर्वाधार निर्माण प्रक्रियालाई अघि बढाउने कार्यमा नीति तथा कार्यक्रम केन्द्रित रहने जनाइएको छ।