गोदावरीका निजी विद्यालयमा आज शोक बिदा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका निजी विद्यालयहरुले आज शोक बिदा दिएका छन् ।

जेनजी प्रर्दशनमा ज्यान गुमाएकाहरुको शोकमा प्याब्सन गोदावरी नगर समितिले आज विद्यालयमा शोक बिदा दिएको हो ।

nisarga

सोमबार जेनजीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।