कक्षा ११ को ग्रेड वृद्धि र आंशिकतर्फको परीक्षाफल प्रकाशित

Image
maya metro

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।

असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल  प्रकाशन भएको हो।

nisarga

परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए।

बोर्डका अनुसार ७९ दशमलव ०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै कक्षा १२ को ग्रेड वृद्धि माघ २ र ३ गते गर्ने भएको छ।