बडादशैँको टीका लगाउने क्रम जारी

Image
maya metro

आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैँको टीका लगाउने क्रम शनिबार पनि जारी छ। शनिबार २० घडी ११ पला अर्थात् दिउँसो २ बजेर ३ मिनेटसम्म द्वादशी तिथि छ।

बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीलगायत नाताकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।

nisarga

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।