
काठमाडौं – आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (शुक्रबार) अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान पेस हुने जानकारी दिए । बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई दिउँसो ३ः४५ अगावै आएर आसनग्रहण गर्नका लागि सभामुखले सूचना सुनाए । बजेट प्रतिनिधिसभाका लागि निर्माणधीन कक्षबाट प्रस्तुत गर्ने तयारी छ ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते साँझ ५:३० का लागि बोलाइएको छ ।















