
काठमाडौँ – सङ्घीय संसदको संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ।
केहीबेर अघि सिंहदरबारमा बसेको मन्त्रिरिषद बैठक स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले वाचन गर्न सुरु गरेका हुन्।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले करिब २० खर्बको बजेट ल्याएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले मध्यरातसम्म बसेर बजेटलाई अन्तिम रुप दिएका थिए।
यसपटक सरकारले आय करको दरमा व्यापक हेरफेर गरेको अर्थका अधिकारीको भनाए छ।














