नेपालमा कोरोना संक्रमण बढ्यो, एकैदिन ४३५ जनामा संक्रमण

Image
maya metro

काठमाडौं – नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेको छ। पछिल्लो २४ घन्टामा थप ४३५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १० हजार २६७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २३९ जना संक्रमित कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा मृत्यु भने शून्य रहेको मन्त्रालयले जनाएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। बुधबारसम्म नेपालमा ५२२५ जना सक्रिय संक्रमित रहेका छन्।

nisarga