एमाले डडेल्धुराको अध्यक्षमा साउँद सर्वसम्मत चयन

Image
maya metro

डडेल्धुरा – नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएको भएपनि अन्तिममा उनी साउँदलाई नै अध्यक्ष बनाउन तयार भएका हुन्।

nisarga

जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप(सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन्। अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ।