उत्तर कोरियाद्वारा अर्को क्षेप्यास्त्र परीक्षण

Image
maya metro

काठमाडौं – उत्तर कोरियाले एक हप्तामै दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको छ।

आज बिहानै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। अघिल्लो पटक उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो।

nisarga

दक्षिण कोरिया र जापानका अधिकारीहरुले आज बिहानै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको बताएका छन्। आज बिहान उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको विशेष आर्थिक क्षेत्र ईईजेड नजिक खसेको जापानको क्योदो समाचार एजेन्सीले जनाएको छ।

जापानका प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाले लगतार मिसाइल प्रहार गरिरहनु खेदजनक रहेको बताएका छन्। दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले मिसाइल परीक्षणप्रति खेद व्यक्त गरेको त्यहाँको राष्ट्रपतीय कार्यालयले जनाएको छ।

उत्तर कोरियालाई परमाणु हतियार उत्पादन र बन्द गर्न दबाब दिने गरी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा छलफल भएको केही दिनमै उसले लगातार हतियार परीक्षण गर्न थालेको हो।एजेन्सी