तालिबान सरकारले एक लाख सेना थप्दै

Image
maya metro

काठमाडौं – अफगानिस्तानको तालिबान सरकारले मुलुकको सैन्य शक्ति बढाउने भएको छ।

त्यहाँको रक्षामन्त्रालयले १ लाख सदस्य रहेको नयाँ सैन्य दस्ता बनाउने घोषणा गरेको छ। अफगानिस्तानलाई इस्लामिक इमिरेट्स बनाउने घोषणा गरेको तालिबानले सैन्य बललाई प्राथमिकता दिन लागेको हो।

nisarga

रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारजामीले स्थानीय टोलो न्युजलाई दिएको जानकारी अनुसार नयाँ दस्ता बनाउने काम लगभग ८० प्रतिशत सम्पन्न भएको र नाम घोषणासँगै ड्युटीमा परिचालन हुनेछ । अफगानिस्तानमा पूर्ववर्ती सरकारको पतनसँगै त्यहाँको ३ लाख ५० हजार अफगान राष्ट्रिय रक्षा र सुरक्षा बल भंग भइसकेको छ।

त्यहाँका सैन्य जानकारहरुले नयाँ सैन्य बलमा पूर्व सुरक्षाबलका सदस्यलाई पनि सामेल गर्न सुझाव दिएका छन्।

अफगानिस्तानमा रहेको ३ लाख ५० हजारको रक्षा बलमध्ये १ लाख ५० हजार सुरक्षाकर्मी रक्षा मन्त्रालयको अधिनमा थिए। रक्षामन्त्रालयले नयाँ सुरक्षा दस्ता गठन प्रक्रियाका लागि २० सदस्यीय प्रतिनिधि मण्डल नियुक्त गरेको छ।