ट्रम्पलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ

Image
maya metro

वासिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अपहरण गरी मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन्। अमेरिकी गुप्तचर सेवा र प्रहरी अधिकारीले ट्रम्पलाई धम्की दिने ७२ वर्षीय व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा न्युयोर्क निवासी ७२ वर्षीय थोमस वेल्निस्किी मेलनिक रहेका छन्। उनले नियोजित ढंगले फोनमार्फत् पूर्व राष्ट्रपति ट्रम्पलाई अपहरण गरी मार्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
अमेरिकी क्यापिटोल प्रहरीसमक्ष अन्र्तवार्ताको क्रममा ‘यदि ट्रम्पले सन् २०२० को राष्ट्रपतिय चुनाव हारेर पद छोड्नु परेमा आफुले ट्रम्पलाई गलहत्याएर मार्ने’ मेलनिकले बताएको आरोप समेत लागेको छ। आरोपित व्यक्तिले फोन र भ्वाइसमेलमार्फत ट्रम्पलाई अपहरण गरी मार्ने धम्की दिएको अनुसन्धानबाट खुलेको छ। आरोपित व्यक्तिमाथि थप अनुसन्धान अघि बढेको बताइएको छ।