विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघ्यो

Image
maya metro

विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघेको छ। गत २४ घण्टामा मात्रै ३० लाख ३२ हजार संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ३२ करोड ४ लाख ८७ हजार पुगेको हो।

अमेरिकामा मात्रै एकै दिन ६ लाख ७३ हजार जनामा संक्रमण देखिएको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ६ करोड ५० लाख नाघेको छ।

nisarga

पछिल्लो २४ घण्टामा फ्रान्समा ३ लाख ५ हजार, भारतमा २ लाख ५३ हजार, इटलीमा १ लाख ८४ हजार र स्पेनमा १ लाख ५९ हजारजनामा कोरोना संक्रमण देखिएको छ। यस्तै, सोही अवधिमा अर्जेन्टिनामा १ लाख २८ हजार, वेलायतमा १ लाख ९ हजार, ब्राजिलमा ९७ हजार र जर्मनीमा ९३ हजार जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा झण्डै सात हजार संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १६ सय ३१, रसियामा ७४०, वेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जनाको मृत्यु भएको छ। हाल विश्वभर सक्रिय संक्रमितको संख्या पाँच करोड नाघेको जनाएको छ।