इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

Image
maya metro

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित भएको छ। जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालीमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट पारित भएको हो।

राजधानी सार्ने कानुनलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ।

nisarga

इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो। जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनु लगायतका कारणले राजधानी सार्नुपर्ने अवस्था आएको हो

राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झण्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो ठाउँको छनोट भने पूर्व राष्ट्रपति जोकोबीले गर्नुभएको थियो। इन्डोनेसिया विश्वको चौथो धेरै जनसङ्ख्या भएको देश हो।

इन्डोनेसियामा अहिले २७ करोडभन्दा बढी जनसङ्ख्या रहेको छ।