
अत्तरिया – कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट विष्णु भाटले उमेदवारी दिने भएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सचिव समेत रहेका भाट वडा अध्यक्षकालागी कांग्रेसका तर्फबाट सर्वसम्मत चयन भएका हुन् । नेता कार्य बिच निकै लोकप्रिय रहेका भाटले समतामुलक समाज निर्माण तथा सामाजिक सद्भाव कायमकालागी आफ्नो उमेदवारी भएको बताएका छन् ।

पार्टीका हरेक गतिविधीमा संलग्न हुँदै आएका उनी पछिल्लो समयमा मौलाएको भ्रष्टाचार र अनियमिततालाई रोकी समुन्नत समाज निर्माणका लागि पनी आफ्नो उमेदवारी रहने उनले बताएका छन् । भाटले सबै तहका नेता,कार्यकर्ताहरुलाई आफुलाई जिताउनकालागी सहयोग गरिदिन समेत आग्रह गरेका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी गौरीगंगा ५ मा अहिलेसम्म कुनै पनी राजनितीक दलले उमेदवारको टुंगो लगाउन सकेका छैनन् ।

















