
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको उपप्रमुखका लागी नेपाली कांग्रेसका तर्फबाट टिकेश्वरी पाण्डेय (प्रेरणा)ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन ।
आउँदो वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागी नेपाली कांग्रेसका तर्फबाट पाण्डेयले कृष्णपुर नगरपालिकाको उपप्रमुखका लागी आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन ।

पाण्डेयले उपप्रमुखको टिकट आफुलाई नै दिने बताईन । पछील्लो समय उनले आफुलाई जनताको पनि साथ रहेकाले निर्वाचनमा आफ्नो जित सहज रहेको समेत बताईन । अहिले कृष्णपुर नगरपालीकाको उपप्रमुखमा नेपाी कांग्रेसका तर्फबाट पाँच जना आकांक्षी रहेका छन् ।

















