गोदावरी ४ को वडा अध्यक्षमा युवा व्यवशायी जोशीको उमेदवारी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बाट युवा व्यवसायी सुरज जोशीले वडा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन ।

आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा युवा व्यवसायी जोशीले नेपाली कांग्रेसकातर्फबाट वडा नम्बर ४ को वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन ।

nisarga

जोशीले लामो समय देखि नेपाली कांग्रेसमा आबद्ध भएर पार्टी को लागि गरेको योगदानको कदर गर्दै आफुलाई टिकट दिनेमा आफु विश्वस्त रहेको बताए ।

उनले आफुले टिकट पाए वडाको विकाशमा कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।