
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ बाट युवा नेता एवम वर्तमान वडा सदस्य कमल कडायतले वडाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन । कडायतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सामाजीक सञ्जाल मार्फत उम्मेद्वारी घोषणा गरेका हुन् ।
लामो समय देखि नेपाली कांग्रेसमा आबद्ध भएर पार्टीको लागि गरेको योगदान प्रति पार्टीले सकरात्मक भूमिका खेल्ने र हाम्रो लाई नभएर राम्रो लाई टिकट दिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले आफुले टिकट पाए वडाको विकासमा कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरे । ‘मैले वडामा रहेका दिनदुखी, गरीब, असहायहरुको सेवा का साथै वडा सदस्यको भुमिकामा रहेको अवस्थामा ठाउँ ठाउँमा गएर स्थानिय जनताको पिर मार्का बुझेकोले मलाई यस क्षेत्रको विकासका लागि सहज हुने हुँदा मेरो यस २ नम्बर वडा बाट उम्मेद्वारीको दाबी गरेको छु । कडायतले टिकट पाए म मेरा वडाबासीहरुलाई आफूले तन, मन लगाएर सहयोग गर्नेछु ।’
पार्टीले टिकट दिने कुरामा आफु विश्वस्त रहेको र टिकट पाएमा जित सुनिश्चित भएको बताएका छन् । युवाहरुमाझ लोकप्रिय मानीने कडायत २०६२ सालमा विधार्थी जिवन देखी नै नेपाली कांग्रेसको राजनीतीमा सक्रिय रहेका छन् ।

















