Attariya Hospital Pvt.Ltd.

जनता समाजवादी पार्टी सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी केन्द्रमा प्रवेश

padma
milan sunchadi

धनगढी – जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा प्रवेश गरेका छन्। मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उनलाई पार्टीमा पुन: स्वागत गरेका हुन्।

बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा उनी पनि भट्टराईसँगै नयाँ शक्तिमा गएका थिए। नयाँ शक्ति जनता समाजवादी पार्टीमा समाहित भएपछि कुन्दन सुदूरपश्चिम प्रदेश अध्यक्ष थिए।

उनी माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पनि थिए।

Siddi ganesh

उनीसँगै जनता समाजवादी पार्टी सुदूरपश्चिमका अन्य नेता कार्यकर्ताहरु पनि माओवादीमा फिर्ता भएका जनाईएको छ ।

Nawadurga
Loading...