दार्चुलाको धौलीओडारमा पर्यटकीय आवासगृह भवन

Image
maya metro

दार्चुला – अपी हिमाल गाउँपालिका–१ स्थित धौलीओडारमा पर्यटकीय आवासगृह निर्माण गरिएको छ। सुदूरपश्चिम उद्योग पर्यटन वन वातावरण मन्त्रालयको कूल २५ लाख लागतमा भवन निर्माण गरिएको हो। अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले संरक्षण क्षेत्रभित्र संरचना बनेकामा आपत्ति जनाए।

डिभिजन वन कार्यालय दार्चुलाका प्राविधिक राजेन्द्र रैखोला पर्यटकीय आवासगृह निर्माण गर्दा अपी नाम्पा संरक्षण क्षेत्रसँग समन्वय गरिएको बताए। “हामीले आवासगृह निर्माण गर्ने विषयमा भेटेरै छलफल गरेका छौँ,” उनले भने, “तर लिखित कागज केही गरिएन।”

nisarga

यसैबीच सोही मन्त्रालयकै सहयोगमा व्यास गाउँपालिका–१ तिङ्करको डोकाङमा पर्यटकीय आवासगृह निर्माण हुने भएको छ। जिल्लाको दुई ठाउँमा पर्यटकीय आवासगृह निर्माण हुन लागेको हो। डोकाङमा काठबाट आवासगृह निर्माण हुन नसक्ने भएपछि ट्रसबाट निर्माण गरिन लागेको प्राविधिक रैखोलाले बताए। कूल २५ लाख लागतमा भवन निर्माण गर्न नारायणसिंह तिङ्करीले सम्झौँता हस्ताक्षर गर्नुभएको जनाइएको छ।

रासस