Attariya Hospital Pvt.Ltd.

सत्तारुढ गठबन्धनमा सहमती : धनगढीको मेयर कांग्रेस र उपमेयर माओवादीले पाउने

padma
milan sunchadi

धनगढी – सत्तारुढ  गठबन्धनले वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डामा सहमती जुटाएको छ । जसअनुसार सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा नेपाली कांग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पाउने सहमति भएको छ ।

६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा एकीकृत समाजवादीले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।

उपमहानगरमा कांग्रेसले सात , माओवादीले दुई ,एकीकृत समाजवादी र जनता समाजवादीले एक एकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ।

Siddi ganesh

एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्। मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ।

 

Nawadurga
Loading...