देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसको जित अनिवार्य : मन्त्री डाक्टर रावल

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामीला तथा कानुन मन्त्री डाक्टर रण बहादुर रावलले देशलाई दुर्घटनाबाट जोगाउन कांग्रेसको जित अनिवार्य भएको बताएका छन् । बुधबार नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले अत्तरियामा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले कम्युनिष्ठहरुले पाँच वर्ष देशको ढुकुटी सिध्याइसकेका कारण अब देश जोगाउनकालागी कांग्रेसको जित अनिवार्य भएको बताएका हुन् ।

चुनावमा दुइ तिहाइ पाएका कम्युनिष्ठहरुले देश चलाउन सक्ने अवस्था नरहेपछी कांग्रेसलाई हस्तान्तरण गरेको उनले बताए । सरकारमा रहँदा कम्युनिष्ठहरु  हरेक दिन भोजभतेर गर्ने गरेको बताँउदै उनले यो संकटको समयमा कांग्रेसले चुनाव जित्न अनिवार्य रहेको बताए । उनले विगतका पाँच वर्षमा पाएको हैरानी सम्झेर चुवावी प्रचारमा खट्न समेत नेता कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको विषयमा भने उनले माथीको निर्णयलाई मान्न आग्रह गरे । विगतको चुनावमा कांग्रेसले थुप्रै ठाँउमा हार व्यहोरेकोले गठबन्धन गरेर जाँदा कांग्रेसलाई नै फाइदा हुने बताए ।

आफ्नो जनमत राम्रो र एक्लैपनी जित्ने सम्भावना भएको ठाँउमा गठबन्धन नहुने भन्दै उनले एक्लै लड्दा हार्ने ठाँउमा गठबन्धन जरुरी हुने बताए । गठबन्धन गर्दा गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकालाई कांग्रेसले नछोड्ने उनले बताए ।नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले कांग्रेसबाट नवनियुत्त मन्त्री तथा भुमी आयोग कैलालीका अध्यक्षलाई स्वागत गर्न अत्तरियामा आयोजना गरेको कार्यक्रममा मन्त्री रावल सहित सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहरा,सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका,भुमी आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय,नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकाया लगायत नेता कार्यकर्ताको उपस्थीती रहेको थियो ।

सम्बन्धीत समाचार: लालपुर्जा प्राप्त गर्न कांग्रेस सरकार अनिवार्य : भुमी आयोग कैलाली अध्यक्ष उपाध्याय