Attariya Hospital Pvt.Ltd.

गोदावरीको उपमेयरमा कांग्रेसका तर्फबाट अधिवत्ता भट्टको दावी

padma
milan sunchadi

अत्तरिया – गोदावरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसको तर्फबाट लक्ष्मी कुमारी भट्टले आफ्नो दावी पेश गरेकी छिन । उनले पार्टीको नगर कार्यालयले आकांक्षीको नाम माग गरेकोमा मंगलबार दावी पेश गरेकी हुन् ।

२०५१ सालदेखी तरुण दल हुँदै राजनितीमा प्रवेश गरेकी भट्ट विगत ७ बर्ष देखि वकालत पेशामा आवद्ध छिन । तरुण दल महिला विभागको केन्द्रिय सदस्य समेत रहिसकेकी भट्ट हाल कांग्रेसको क्षेत्रिय प्रतिनिधि रहेकी छिन ।

उनले आफूले उपमेयरको टिकट पाएर विजयी भएमा वकालतको अनुभव न्यायीक समितिमा लगाउने बताएकी छिन । ‘उपमेयरको मुख्य काम न्यायीक समिति संचालन गर्नु हो । त्यसमा वकालत क्षेत्रमा काम गरेको अनुभवी भएको ब्यक्ती चुनीए अझै काम गर्न सहज हुन्छ’ उनले भनीन ‘त्यसैले म टिकट पाउने र जित्नेमा ढुक्क छु ।’

Siddi ganesh

पोल्टिकल साइन्समा स्नाकोत्तर गरेकी भट्टले कानून विषयमा स्नातक गरेकी छिन । पढेलेखेका महिलाहरु राजनितीमा आउदा समाज रुपान्तरणमा समेत सहज हुने उनको भनाई छ ।

Nawadurga
Loading...