अत्तरिया – नेकपा एमाले गोदावरीले घोषणापत्र ( प्रतिवद्धतापत्र) सार्वजनीक गरेको छ । शुक्रबार पार्टीका नगर अध्यक्ष गोकर्ण भट्टको अध्यक्षतामा घोषणापत्र सार्वजनीक गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य एवम् सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी रहेका थिए । एमाले गोदावरीले स्थानीय निर्वाचन २०७९ को घोषणा पत्र सस्यौदा निर्माणका लागि नरेन्द्रराज शर्माको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो ।अध्यक्ष भट्टले पढेर सुनाएको घोषणापत्रमा जनीक प्रत्येक वडामा रिङरोडदेखी मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा स्थापना सम्मका योजना समेटिएका छन् । घोषणापत्रमा नगरस्तरीय निति,कानुन तथा योजना तर्जुमा एवम् कार्यान्वयन,शिक्षा,स्वास्थ्य,खानेपानी तथा ढल निकास,फोहोरमैला व्यवस्थापन र सरसफाइ लगाएतका बुँदाहरु घोषणापत्रमा समेटीएका छन् ।
त्यस्तै घोषणापत्रमा विधुतीकरण र आधुनीक उर्जा,जलस्रोत तथा सिँचाइ पुर्वाधार,सडक तथा यातायात,कृषी तथा पशुपंछी,सहरी क्षेत्रको विकास,भुमीव्यवस्थापन,सहरी विकास तथा बस्ती विकास,पर्यटन पुर्वाधार विकास तथा प्रर्वद्धन,कला संस्कृती तथा पुरातात्विक सम्पदा,युवा तथा खेलकुद,महिला समानता र सशतिmीकरण सम्बन्धीका विषयहरुले स्थान पाएका छन् ।
त्यस्तै जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका अशक्त र पछाडी परेका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षा, गरिबी निवारण तथा रोजगारीको सिर्जना, वन तथा वातावरण एव विपद् जोखिम व्यवस्थापन, लघु उद्योग एवं स्थानीय बजार व्यवस्थापन, स्थानीय स्रोत–साधन तथा राजस्व परिचालन, नगरसभा संचालन एवं व्यवस्थापन, न्यायिक समिति एवं मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन र सूचना प्रणाली, पालिका तथा वडा कार्यालय व्यवस्थापन र सेवा प्रवाह, संस्थागत संरचना, सुशासन र जनशक्ति व्यवस्थापन, सूचना तथा संञ्चार प्रणाली लगायतका बुदाहरु घोषणापत्रमा समेटीएका छन् ।
यस्तो छ घोषणापत्रको पुर्णपाठ: