Attariya Hospital Pvt.Ltd.

काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा फेरि नृपबहादुर वडलाई उम्मेदवार बनाउने

padma
milan sunchadi

धनगढी – नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा फेरि नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ।
प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा नेपाली कांग्रेसले नृपबहादुर वडलाई पुनः मेयरको उम्मेदवार बनाउने भएको हो ।

नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले धनगढीमा कांग्रेसले वडलाई नै मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको बताए । ‘सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको नगरसभापति उपाध्यायले बताए ।

०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वड धनगढीको मेयरमा  स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै विजयी भएका थिए ।

Nawadurga
Loading...