Attariya Hospital Pvt.Ltd.

निर्वाचन अधिकृतको कार्यालयद्धारा गोदावरीमा सर्वदलीय छलफल

padma
milan sunchadi

अत्तरिया – निर्वाचन अधिकृतको कार्यालयले गोदावरीमा सर्वदलीय छलफल छलफल गरेको छ । शनीबार गोदावरी नगरपालीकामा खटीएका निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले गोदावरी नगरपालीका भित्रका सबै राजनीतीक दलहरुसंग छलफल गरेका हुन् ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन विशेष छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, विवेकशिल साझा, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीका प्रतिनिधिहरु सहभागी रहेका थिए । छलफलमा दलहरुले मनोनयन दर्ता आँउदा आलोपालो गरि आउने सहमती भएको भण्डारीले बताएका छन् ।

जसमा नेपाली कांग्रेसले बैशाख १२ गते दिउँसो ३ देखी ४ बजेभित्र, नेकपा एमालेले सोही दिन दिउँसो १ बजे, नेकपा समाजवादीले १२ गते नै दिउँसो २ देखी ३ बजेभित्र, माओवादीले सोही दिन ४ बजे, जनमोर्चाले १२ बजे र राप्रपाले ११ बजे मनोनयन दर्ता गर्ने समय तोकिएको उनले बताएका छन् । । त्यस्तै विवेकशिल साझा पार्टीको मनोनयन दर्ता समय ११ गते दिँउसो २ बजे तोकीएको छ । स्वतन्त्र उमेदवार हकमा भने ११ र १२ गते बिहान १० बजेदेखी ५ बजेसम्मको समयमा उमेद्वारी दर्ता गर्न सकिने जनाईएको छ ।

Siddi ganesh

निर्वाचन अधिकृत भण्डारीले तोकिएको समयमै मनोनयन दर्ता गरि व्यवस्थापनमा सघाउन समेत दलहरुलाई आग्रह गरेका छन् ।

Nawadurga
Loading...