कैलालीमा गठबन्धनको सहमति : ७ पालिका कांग्रेस, चार माओवादी र दुई एकीकृत समाजवादीलाई

Image
maya metro

कैलाली – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी कैलालीमा तीन दलीय तालमेल हुने भएको छ । आज भएको छलफलमा कैलालीका १३ पालिका मध्ये प्रमुखमा ७ पालिका कांग्रेसले पाउने भएको छ ।

धनगढी उपमहानगरपालिका ,टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने भएको छ ।

nisarga

त्यस्तै गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै प्रमुखमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।