कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सहमति: गोदावरीमा मेयर काँग्रेस र उपमेयर समाजबादीले पाउने

Image
maya metro

धनगढी – कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सहमति भएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँडमा सहमति भएको हो।

आइतबार अबेर भएको सहमतिअनुसार ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ। यस्तै ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ।

nisarga

गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारले उम्मेदवारी दिने छन। काँग्रेसले पाएका गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र बाँकीमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ।

यस्तै गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाएको छ भने चुरे र घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले पाएको छ। यी सबै पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ। यसअघि नै धनगढी उपमहानगरपालिकाको भागबन्डा भने केन्द्रीय गठबन्धनले टुंगो लगाइसकेको थियो। धनगढीमा मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा यस अघि नै परेको छ।