Attariya Hospital Pvt.Ltd.

बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

padma
milan sunchadi

बैतडी – बैतडीको डिलाशैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गठबन्धनका तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राती खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए ।

माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका साउँदबाट एक घरबाट अर्को घरमा जाने क्रममा बीचबाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ । खुकुरी प्रहारबाट घाइते भएका साउँदको हात, मुख र टाउकोमा चोट लागेको छ ।

साउँदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको बिष्टले बताए ।

Siddi ganesh

घटनाबारे थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Loading...