नेकपा एस बाजुराका जिल्ला सचिव रावतमाथी चक्कु प्रहार

padma
Shikhar Dental

बाजुरा – नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला सचिव पुर बहादुर रावतमाथी चक्कु प्रहार भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा भएको नेकपा एकिकृत समाजबादी पार्टी र नेपाली काँग्रेसका कार्यक्रता बिच झडप हुदा चक्कु प्रहार भएको भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप हुदा नेता रावत घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षिक बिन्द्र बोगटीले जानकारी दिएका छन ।
एकिकृत समाजबादीका कार्यक्राताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोराे झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बोगटीले बताएका छन ।

Nawadurga
Leave A Reply

Your email address will not be published.