
धनगढी – बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको दोगडाकेदार गाउँपालिका-३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरी निरीक्षक दीपक विष्टका अनुसार भाट आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थलबाहिर मुर्छा परेका थिए। उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।













