बैतडीको पुर्चौंडीमा वडासंख्या बढाउन सिफारिस

Image
maya metro

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिकाले वडाका संख्या बढाउने भएको छ।

नगर कार्यपालिकाको पहिलो बैठकले तीनवटा वडा थप्ने निर्णय गरेको हो। जनसंख्या र भूगोलको आधारमा वडाहरू थप गर्ने निर्णय भएको नगर प्रमुख दीपक बहादुर बमले बताए।

nisarga

जनसंख्या र भूगोलको आधारमा ठूला रहेका वडाहरुलाई विभाजन गरी वडा थप्ने निर्णय भएको हो। वडा नं १० लाई यस अघिकै नगर सरकारले टुक्‌र्याएर वडा थप्ने निर्णय गरेको थियो नयाँ सरकारले वडा नं ३ र ५ लाई टुक्‌र्याउने छ।

यसअघि १० वडा रहेकोमा अब १३ वडा हुनेछन्। नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारलाई सिफारिश गरिने बताइएको छ।

यस्तै नगर कार्यपालिकाले विभिन्न समितिहरुलाई पूर्णता समेत दिएको छ।

नगरको आर्थिक विकास समितिको संयोजकमा गणेश बहादुर गडाल, सामाजिक विकास समितिमा नरेन्द्र बहादुर साउद, पूर्वाधार विकास समितिमा धिरेन्द्र बहादुर बम, वातावरण तथा विपद् व्यवस्थापन समितिमा हिक्मतबहादुर बिष्ट र संस्थागत विकास एवं सुशासन समितिमा चक्रबहादुर बमलाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ।

नगरपालिकामा कांग्रेसको एकल बहुमत छ।