Attariya Hospital Pvt.Ltd.

चार हिमालमा ३३ टन फोहोर

padma
milan sunchadi

काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मकालु हिमाल सफाइ गरिएको छ। गत चैत २२ गतेदेखि नेपाली सेनाको नेतृत्वमा विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मकालु हिमाल सफाइ गरिएको हो। जसअन्तर्गत चारवटा हिमालबाट ३३ टन फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ।

सेनाका ३० तथा हिमाल आरोही शेर्पाका ५८ गरेर ८८ जनाको प्रत्यक्ष सहभागितामा सञ्चालन भएको सफाइ अभियानमा मनास्लु हिमालबाट पाँच हजार ७१४, कञ्चनजङ्गा हिमालबाट १५ हजार ३७३, सगरमाथा र ल्होत्से हिमालबाट १२ हजार ७९० केजी गरी जम्मा ३३ हजार आठ सय ७७ केजी फोहर सङ्कलन भएको हो। दुई महिनासम्म सञ्चालन भएको सफा अभियान विश्व वातावरण दिवसको अवसमा सम्पन्न भएको हो।

Nawadurga
Loading...